एमालेका बागी खड्क खत्रीले उम्मेदवारी फिर्ता लिए

सुर्खेतमा निर्वाचन क्षेत्र नम्बर–१ प्रदेश सभा (क) तर्फ बागी उम्मेदवारी दिएका एमाले नेता खड्क खत्रीले उम्मेदवारी फिर्ता लिएका छन् ।

पार्टीले टिकटका लागि सिफारिस गरेपनि अन्त्यमा अर्कैलाई टिकट दिएको आरोप सहित नेता खत्रीले बागी उम्मेदवार दिएका थिए ।

बुधबार सुर्खेतको गुर्भाकोट नगरपालिका स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेता खत्रीले उम्मेदवारी फिर्ता लिएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सो क्षेत्रमा डण्डी प्रसाद शर्मालाई उम्मेदवार बनाएको छ । नेता खत्री यसअघि कर्णालीको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री समेत भइसकेका छन् ।





  • प्रकाशित मिति : असोज २६, २०७९ बुधबार १४:११:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया