बझाङका सबै बागीले लिए उम्मेदवारी फिर्ता

गठबन्धनप्रति असन्तुष्ट भएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएका बझाङका सबै पाँच जना बागी उम्मेदवारहरूले मनोनयन फिर्ता लिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ पार्टीको निर्णयविपरीत उम्मेदवारी दिने बझाङमा पाँच जना थिए ।

प्रतिनिधिसभातर्फ गठबन्धन विरुद्ध बागी उम्मेदवारी दिएका नेपाली काङग्रेसका पूर्वसभापति हर्कजङ बहादुर सिंह र नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य लोकेन्द्र सिंह धामीले आफ्नो उम्मेदवारी फिर्ता लिए ।

सिंहले गठबन्धनले कांग्रेस बचाउने सर्तमा आफूले उम्मेदवारी फिर्ता लिएको बताएका छन् भने धामीले एमालेका उम्मेदवार ऐन महरलाई समर्थन गर्दै मनोनयन फिर्ता गरेका छन् ।

यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्र नं १ का लागि स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काङग्रेसका जगतप्रशाद जोशीले पनि मनोनयन फिर्ता लिएका छन् ।

उनले पार्टीले गरेको अनुरोध र पार्टीको निर्णयलाई सम्मान गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको बताए । यस्तै, प्रदेश १ कै लागि स्वतन्त्र उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका जयभक्त जोशी र अर्का उम्मेदवार भीमबहादुर खड्काले पनि उम्मेदवारी फिर्ता लिएको सहायक निर्वाचन अधिकृत हेमराज तिमिल्सिनाले जानकारी दिए ।





  • प्रकाशित मिति : असोज २६, २०७९ बुधबार १४:२३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया