लुम्बिनी एमालेमा ३१ जनाले दिए राजीनामा

नेकपा एमालेबाट दुई जना लुम्बिनी प्रदेश कमिटी सदस्यसहित ३१ जनाले सामूहिक राजीनामा दिएका छन् । 

रुपन्देही क्षेत्र नम्बर १ का मतदाता रहेका उनीहरुले भैरहवामा पत्रकार सम्मेलन गर्दै आफूहरुले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । नेकपा एमालेले त्यहाँबाट घनश्याम भुसाललाई उम्मेदवार नबनाएपछि उनीहरु पार्टीसँग रुष्ट बनेका हुन् । 

भुसालले एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

रुपन्देही १ अन्तर्गत रोहिणी गाउँपालिकाका निवर्तमान गाउँपालिका अध्यक्ष तथा एमाले प्रदेश कमिटी सदस्य सनोजकुमार यादव, एमाले प्रदेश कमिटी सदस्य शैलेन्द्र उपाध्याय, रोहिणी गाउँपालिका कमिटी सचिव इन्द्रजीत कुमार राय लगायतले पार्टी त्यागेको घोषणा गरेका हुन् ।





  • प्रकाशित मिति : असोज २६, २०७९ बुधबार १४:५४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया