गंगा चौधरीले लिइनन् उम्मेदवारी फिर्ता

दाङ–१ बाट ४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिएकी गंगा चौधरीले उम्मेदवारी फिर्ता लिइनन्  ।

नेकपा एमालेले उम्मेदवारका रुपमा शान्ता चौधरीलाई अगाडि सारेपछि गंगाले स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । अब उनलाई हाम्रो नेपाली पार्टीबाट समर्थन मिलेको छ । 

यो क्षेत्रमा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी गठबन्धनका उम्मेदवार भएका छन् ।

यी तीनै जना कुनै समय नेकपा एमालेमा सँगै थिए । नेकपा एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी बनेपछि मेटमणिले पनि नेकपा एमाले छाडेका थिए । 

गंगा चौधरीले यसअघि नै पत्रकार सम्मेलन गरेर आफू अब एमालेमा नरहेको बताइसकेकी थिइन् ।





  • प्रकाशित मिति : असोज २६, २०७९ बुधबार १६:३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया