नेकपा एमाले छाडेर स्वतन्त्र उठेका प्रभु साहलाई सत्तारुढ गठबन्धनले समर्थन गरेको छ। जनता समाजवादी पार्टीसँगको तालमेललाई लिएर असन्तुष्टि जनाउँदै साहले एमालेले दिएको टिकटबाट उम्मेदवारी नदिई स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।
बुधबार बिहान बसेको गठबन्धनको बैठकको निर्णयअनुसार सो क्षेत्रका माओवादी केन्द्रका उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन्। उनले साहलाई समर्थन गर्ने भएका छन् । साहलाई गठबन्धनको साझा उम्मेदवार बनाइएको छ।
यसअघि गठबन्धनले रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ मा एमाले छोडेर स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसाललाई समर्थन गरेको थियो।
एमालेले पनि चितवन ३ मा कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्दै आफ्नो उम्मेदवारलाई फिर्ता बोलाएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।