नेसंवि प्राध्यापक संघको अधिवेशन, शम्भुराज गौतम नेतृत्वकाे नयाँ कार्यसमिति चयन

काठमाडौं– नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघको छौटौँ केन्द्रीय अधिवेशन आइतबार सम्पन्न भएको छ ।

काठमाडौंस्थित वाल्मिकी विद्यापीठमा संघको सम्पन्न अधिवेशनले शम्भुराज गौतमको सभापतित्वमा नयाँ कार्यसमिति चयन गर्यो । समितिको उपसभापतिमा आनन्दप्रसाद घिमिरे र महासचिवमा अर्जुनप्रसाद भट्टराई चयन भए । 

केन्द्रीय कार्यसमितिको सचिव भवानीशंकर भट्टराई भए भने कोषाध्यक्ष नारायणप्रसाद बराल चुनिए । सदस्यहरुमा रमा झा, काशीनाथ पौडेल, सुधीरकुमार शर्मा, विनीता झा, सुदर्शन दुङ्गाना र नवीनकुमार झा चयन भए ।

निर्वाचन समितिका संयोजक प्रेमकुमार आचार्यका अनुसार अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको हो । 





  • प्रकाशित मिति : माघ २०, २०७५ आइतबार २१:४३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया