के भीम रावलले पनि एमाले परित्याग गर्दै छन् ?

नेकपा एमालेका नेता भीम रावलले बिहीबार दिउँसो पत्रकार सम्मेलन गर्दै छन् । उनले आफूलाई पार्टीले टिकट नदिएको विषयमा आफ्नो धारणा राख्न यो पत्रकार सम्मेलन बोलाएका हुन् । 

नेकपा एमालेले अछाम १ बाट सर्वसम्मत सिफारिस भएका रावललाई टिकट नदिँदै झपट बोहोरालाई त्यहाँको टिकट दिएको छ । 

यसमा भीम रावलले असन्तुष्टि जनाएका थिए । तर, उनले यसअघि उचित समयमा बोल्ने बताउँदै आएका थिए । बुधबार दिउँसो एक ट्विट गर्दै रावलले यस विषयमा आफ्नो धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने बताएका हुन् । 

उनले पत्रकार सम्मेलन गरेर एमाले परित्यागको घोषणा गर्न सक्ने अनुमान गरिएका छन् ।

यसअघि नेकपा एमालेले टिकट नदिएको भन्दै रावलनिकट घनश्याम भुसालले एमाले परित्याग गरेर आसन्न प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यस्तै, टिकट नपाएकै कारण दाङकी गंगा चौधरीले पनि एमाले छोडेकी छिन् । 

टिकट पाएर पनि प्रभु साहले एमाले छाडेका छन्, उनले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यी तीन अन्य नेताको उदाहरण दिँदै रावलले पनि एमाले परित्यागको घोषणा गर्न सक्ने अनुमान गरिएको छ ।





  • प्रकाशित मिति : असोज २६, २०७९ बुधबार २२:४१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया