बार्सिलोना र इन्टरको रोमाञ्चक बराबरी

च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोनाले बराबरी खेलेको छ । उसले गएराति इटालीको इन्टर मिलानसँग ३–३ को बराबरी खेलेको हो । घरेलु मैदान क्याम्प नोउमा समूह‘सी’अन्तर्गतको खेलमा बार्सिलोनाका लागि रोबर्ट लेबान्डोस्कीले २ र ओस्माने डेम्बेलेले १ गोल गर्दा ​इन्टरका लागि निकोलो बरेला, लाउटो मार्टिनेज र राबियो गोन्सेन्सले गोल गरे हुनुपर्ने ।

खेलको ४० औं मिनेटमा डेम्बेलेको गोलमार्फत बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । ५० औं मिनेटमा बरेलाले इन्टरलाई १–१ को बराबरीमा ल्याए । ६२ औं मिनेटमा मार्टिनेजले गोल गरेपपछि पाहुना टोली २–१ ले अघि बढ्यो । ८२ औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि घरेलु टोली २–२ को बाराबरीमा आयो । 

८९ औं मिनेटमा गोसेन्सको गोलमार्फत इन्टरले ३–२ को अग्रता लिएको थियो । थप गरिएको समयमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरेर खेललाई ३–३ को अवस्थामा ल्याउँदै बार्सिलोनालाई हारबाट जोगाए । 

यो नितासँगै ४ खेलमा ४ अंकका साथ बार्सिलोना तेस्रो तथा समान  खेलमा ७ अंक जोडेको इन्टर दोस्रो स्थानमा छ ।  लिगअन्तर्गत नै समूह ‘बी’ को खेलमा स्पेनको एथलेटिको मड्रिड बेल्जियमको क्लब ब्रुगसँग गोलरहित बराबरीमा रोकिँदा पोर्चुगिज क्लब पोर्टोले जर्मनीको बायर लिभरकुसेनलाई ३–० ले हरायो । 





  • प्रकाशित मिति : असोज २७, २०७९ बिहीबार ६:४८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया