सलाहको कीर्तिमानी ह्याट्रिकमा लिभरपुलको फराकिलो जित

युइएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब लिभरपुलले फराकिलो जित हात पारेको हो ।  उसले समूह ‘ए’ अन्तर्गतको खेलमा गएराति स्कटिस क्लब रेन्जर्सविरुद्ध ७–१ को जित हात पारेको हो । 

आइब्रोक्स स्टेडियममा घरेलु टोली विरुद्ध लिभरपुललाई सहज जित दिलाउन मोहम्मद सलाहले ह्याट्रिक पूरा गर्दा रोबर्टो फिर्मिनोले २ तथा डार्विन नुनेज र हार्भे इलिओटले १–१ गोल गरे । रेन्जर्सका लागि स्कट अर्फिल्डले १ गोल गरे । 

खेलको १७ औं मिनेटमा अर्फिल्डको गोलमार्फत घरेलु टोलीले सुरुवाती अग्रता लिएको थियो । २४ औं मिनेटमा फिर्मिनोले लिभरपुललाई १–१ को बराबरीमा ल्याए । ५५ औं मिनेटमा फिर्मिनोले नै व्यक्तिगत दोस्रो गोल गर्दा पाहुना टोली २–१ ले अघि बढ्यो । ७७ औं मिनेटमा नुनेजले लिभरपुललाई ३–१ को अग्रता दिलाए । 

७५,८० र ८१ औं मिनेटमा सलाहले गोल गर्दै ह्याट्रिक पूरा गरेपछि लिभुरपुल ६–१ ले अघि बढ्यो । सलाहले ६ मिनेट १२ सेकेन्डको अन्तरमा ह्याट्रिक पूरा गर्दै च्याम्पियन्स लिगमा सबैभन्दा छिटो ह्याट्रिक पुरा गर्ने कीर्तिमान बनाएका छन् ।

यसअघि यो कीर्तिमा कीर्तिमान फ्रेन्च क्लब लियोनका बाफेटिम्वी गोमिसको नाममा रहेको थियो । उनले सन् २०११ मा डिनामो जाग्रिवविरुद्ध ७–१ को जितमा ८ मिनेटको अन्तरमा ह्याट्रिक पूरा गर्दै यो उपलब्धि हात पारेका थिए । 

 ८७ औं मिनेटमा इलिओटले गोल गर्दै पाहुना टोलीलाई ७–१ को फराकिलो जित दिलाए । यो जितसँगै ४ खेलमा ९ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा रहँदा पराजयसँगै समान खेलबाट विना अंक पुछारमा रहेको रेन्जर्स समुह चरणबाटै बाहिरिएको छ । 



यही समूहको अर्को खेलमा इटालीको नापोलीले डच क्लब आयाक्सलाई ४–२ ले हरायो । योसँगै लगातार चौथो जितका साथ १२ अंक जोडेर शीर्ष स्थामा रहेको नापोलीले अन्तिम १६ मा स्थान पक्का गर्दा पराजित आयाक्स समान खेलबाट ३ अंकाका साथ तेस्रोमा छ ।



  • प्रकाशित मिति : असोज २७, २०७९ बिहीबार ७:३२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया