फ्रान्कफुर्टविरुद्ध टोटेनहमको रोमाञ्चक जित

युइएफए च्याम्पिन्स लिगमा इंग्लिस क्लब टोटेनहम हटस्परले  जित हात पारेको छ । उसले समूह ‘डी’अन्तर्गत गएरातिको खेलमा जर्मन क्लब फ्रान्कफुर्टविरुद्ध ३–२ को रोमाञ्चक जित हात पारेको हो । 

घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ह्युङ मिन  सनले २ तथा ह्यारी केनले १ गोल गर्दा फ्रान्कफुर्टका दाइची कामदा र फरिद एलिडोउले १–१ गोल गरे ।

टोटेनहम हटस्पर स्टेडियम खेलको १४औं मिनेटमा कामदाको गोलमार्फत पाहुना टोलीले सुरुवाती अग्रता लिएको थियो ।  उनले सेवास्टिन रोडको पासमा गोल  । १९ औं मिनेटमा ह्यु सनले ह्यारी केनको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

२८औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई २–१ ले अघि बढाए । क्रिष्टिजन ज्याकीले पेनाल्टी बक्समा केनलाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायतामा टोटेनहमलाई पेनाल्टी प्रदान गरेका थिए त्यसमा केन चुकेनन् । 

३६औं मिनेटमा सनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि टोटेनहम खेलमा ३–१ ले अघि बढ्यो । उनले इमिल होज्बवर्गको पासलाई सदुपयोग गरेका थिए ।

६०औं मिनेटमा टुनाले दोहोरो पहेँलो कोर्ड बेहोर्दै मैदान छाडेपछि  फ्रान्कफुर्ट १० खेलाडीमा समेटिन पुग्यो । ८७ औं मिनेटमा एलिडोउले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याएर फ्रान्कफुर्टलाई खेलमा फर्कने संकेत दिएपनि त्यसपछि थप गोल हुन नसक्दा टोटेनहमले रोमाञ्चक जित निकाल्यो । 



थप गरिएको समायमा केन पेनाल्टीमा गोल गर्न चुके । ब्रायन गिललाई पेनाल्टी बक्समा हर्भभोए स्मोलसिसले फउल गरेपछि प्राप्त पेनाल्टीमा केनले गोल गर्न सकेनन् ।

यो जितसँगै टोटेनहम समुह ‘डी’ मा ४ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा उक्लिँदा पराजित फ्रान्कफुर्ट ४ अक जोडेर पुछारमा छ । यही समूहको अर्को खेलमा  फ्रेन्च क्लब मार्सेलीले  पोर्चुगलको स्पोर्टिङ सिपीलाई २–० ले पराजित गरेको छ । 



  • प्रकाशित मिति : असोज २७, २०७९ बिहीबार ८:१९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया