यस्तो छ आजको विदेशी विनिमय दर

नेपाल राष्ट्र बैङ्कका अनुसार आज बिहीबार अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ४१ पैसा र बिक्रीमा १३२ रुपैयाँ १ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १२७ रुपैयाँ ७० पैसा र बिक्री दर १२८ रुपैयाँ २९ पैसा छ भने अस्ट्रेलियन डलर एकको खरिद दर ८२ रुपैयाँ ३२ पैसा र बिक्री मूल्य ८२ रुपैयाँ ६९ पैसा रहेको छ ।

यसै गरी, क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ३१ पैसा र बिक्री दर ९५ रुपैयाँ ७४ पैसा र सिङ्गापुरे डलर एकको खरिदमा ९१ रुपैयाँ ५३ पैसा ,बिक्रीमा ९१ रुपैयाँ ९४ पैसा रहेको छ । 

त्यस्तै, जापानिज येन १० को खरिद मूल्य ८ रुपैयाँ ९७ पैसा र बिक्री मूल्य ९ रुपैयाँ १ पैसा, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ३३ पैसा र बिक्री मूल्य १८ रुपैयाँ ४१ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३४ रुपैयाँ ९७ पैसा र बिक्री दर ३५ रुपैयाँ १३ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ९ पैसा र बिक्रीमा ३६ रुपैयाँ २६ पैसा, मलेसियन रिंग्गेट एकको खरिद दर २८ रुपैयाँ ६ पैसा र बिक्री दर २८ रुपैयाँ १९ पैसा रहेको छ ।

 दक्षिण कोरिया वनको १०० को खरिदमा ९ रुपैयाँ २१ पैसा र बिक्रीमा ९ रुपैयाँ २६ पैसा, कुवेती दिनार एकको खरिदमा ४२३ रुपैयाँ ३६ पैसा र बिक्रीमा ४२५ रुपैयाँ २९ पैसा र बहराइन दिनार एकको खरिद मूल्य ३४८ रुपैयाँ २२ पैसा र बिक्री मूल्य ३४९ रुपैयाँ ८१ पैसा रहेको छ । 





  • प्रकाशित मिति : असोज २७, २०७९ बिहीबार ९:८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया