जसपाका मन्त्री बर्खास्त

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका मन्त्रीहरुलाई बर्खास्त गरेका छन् । यसअघि जनता समाजवादी पार्टीले सत्तारुढ गठबन्धनमा नै रहेको भए पनि आगामि निर्वाचनमा उसले नेकपा एमालेसँग तालमेल गरेको छ । 

सत्ता गठबन्धनलाई छोडेर एमालेसँग तालमेल गर्न पुगेको जसपाका चार मन्त्री देउवा नेतृत्वको सरकारमा थिए ।

राजेन्द्र श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन, मृगेन्द्रकुमार सिंह यादव कृषि तथा पशुपंक्षी विकास, मोहम्मद इश्तियाक राई भौतिक पूर्वाधार तथा यातायात र प्रदीप यादव वन तथा वातावरण मन्त्री थिए।

उनीहरुलाई बर्खास्त गरे पनि निर्वाचन आचारसंहिता लागिसकेकाले प्रधानमन्त्री देउवाले अन्य मन्त्री थप्न पाउने छैनन् ।

उनीहरुले सम्हालेका सबै मन्त्रालयको जिम्मेवारी देउवाले नै सम्हाल्ने गरि राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यभार तोकेकी छिन् ।

यसअघि गठबन्धनबाट अलग्गिएको जनता समाजवादी पार्टीले चाहिँ यो सरकार चुनावका लागि बनेकाले आफ्ना मन्त्रीहरुलाई फिर्ता नबोलाउने मात्र बताएको थिएन, उनीहरुलाई देउवा नहटाउने विश्वास लिएको पनि बताएको थियो ।





  • प्रकाशित मिति : असोज २७, २०७९ बिहीबार १८:१०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया