कानुनमन्त्री गोविन्दप्रसाद कोइराला (गोविन्द बन्दी)को पदावधि असोज २४ गते सकिएपछि उनी स्वतः पदमुक्त भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मा मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दिएका छन् ।
राष्ट्रपति कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीले कार्कीलाई कानुन मन्त्रालयको जिम्मेवारी तोकेको जानकारी दिएको छ ।
संसद सदस्य नरहेका कारण कानुनमन्त्री बन्दी मन्त्री नियुक्त भएको ६ महिना पुगेपछि मन्त्री पदबाट पदमुक्त भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।