अमेरिकी डलर महँगो हुँदा कमजोर बन्दै नेपाली रुपैयाँ

शुक्रबार अमेरिकी डलरको भाउ पुनः बढेको छ । बिहीबार एकको खरिदमा १३१ रुपैयाँ ४१ पैसा र बिक्रीमा १३२ रुपैयाँ १ पैसा रहेको अमेरिकी डलर आज शुक्रबार बढेर खरिद मूल्य १३१ रुपैयाँ ४६ पैसा र बिक्री मूल्य १३२ रुपैयाँ ६ पैसा पुगेको छ । 

त्यस्तै, युरोपियन युरो एकको खरिदमा १२७ रुपैयाँ ७७ पैसा र बिक्रीमा १२८ रुपैयाँ ३५ पैसा, अस्ट्रेलियन डलर एकको खरिद मूल्य ८२ रुपैयाँ ४९ पैसा र बिक्री मूल्य ८२ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ १६ पैसा र बिक्री दर ९५ रुपैयाँ ५९ पैसा, सिङ्गापुरे डलर एकको खरिदमा ९१ रुपैयाँ ६८ पैसा र बिक्रीमा ९२ रुपैयाँ १० पैसा रहेको छ । 

यसै गरी जापानी रियाल १० को खरिदमा ८ रुपैयाँ ९५ पैसा र बिक्रीमा ८ रुपैयाँ ९९ पैसा, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ९८ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ १४ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा, मलेसियन रिंग्गेट एकको खरिद दर २८ रुपैयाँ २ पैसा र बिक्री मूल्य २८ रुपैयाँ १५ पैसा, साउथ कोरियन वन १०० को खरिद मूल्य ९ रुपैयाँ १९ पैसा र बिक्री मूल्य ९ रुपैयाँ २३ पैसा, कुवेती दिनार एकको खरिद मूल्य ४२३ रुपैयाँ ६३ पैसा र बिक्रीमा ४२५ रुपैयाँ ५६ पैसा र बहराइन दिनार एकको खरिद मूल्य ३४८ रुपैयाँ ७१ पैसा र बिक्री मूल्य ३५० रुपैयाँ ३१ पैसा रहेको छ ।   





  • प्रकाशित मिति : असोज २८, २०७९ शुक्रबार ९:३७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया