नवौं राष्ट्रिय खेलकुदः लगातार तेस्रो जित निकाल्दै पुलिस सेमिफाइनलमा

नवौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार तेस्रो जित हात पारेको छ । उसले आज सम्पन्न समूह ‘बी’ अन्तर्गतको खेलमा लुम्बिनी प्रदेशलाई ९७ रनले हराउँदै लगातार तेस्रो जित हात पारेको हो । 

यो जितसँगै पुलिसले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । ११३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १२.५ ओभरमा सबै विकेट गुमाउँदै १५ रन मात्र बनाउन सक्यो । 

उसका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनीलाई सस्तैमा समेट्न पुलिसका इश्वरी विष्टले ४, हिरन्माइ रोय र कप्तान रुबिना क्षेत्रीले २–२ तथा सबनम राईले १ विकेट लिँदा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।

त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११२ रन बनाएको थियो । उसका लागि कविता जोशीले २९ बलमा ७ चौका र १ छक्कासहित अविजित ४८ रनको योगदाद दिइन् । सम्झना खड्काले २९ र अप्सरी बेगमले १० रन जोडे । 

लुम्बिनीका लागि सुस्मित भुसाल र मनिषा रानाले २–२ तथा मधु डिसी र कमला जिएमले १–१ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो । यो जितसँगै ३ खेलमा ६ अंक जोडेको पुलिस शीर्ष स्थानम रहँदा पराजित लुम्बिनी समान खेलबाट ३ अंकका साथ दोस्रोमा छ । 





  • प्रकाशित मिति : असोज २८, २०७९ शुक्रबार १२:२२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया