नवौं राष्ट्रिय खेलकुदः पुलिसको विजयी सुरुवात

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलमा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ। उसले शुक्रबारको खेलमा पुलिसले कर्णाली प्रदेशलाई ३–०को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

पुलिसले पोखरा रंगशाला स्थित भलिबल कोर्टमा कर्णालीविरुद्ध २५–१६, २५–११ र २५–१२को जित निकाल्यो। यो जितसँगै पुलिसले समूह ‘ए’बाट क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।

त्यस्तै,महिला भलिबलतर्फ विभागीय टोली नेपाल एपिएफ क्लबले विजयी सुरुवात गरेको छ। उसले पनि कर्णाली प्रदेशलाई ३–०को सोझो सेटमा पराजित गरेको हो। 

म्याग्दीको बेनीमा शुक्रबार भएको खेलमा एपिएफले २५–६,२५–२ र २५–७ को जित निकाल्यो। यो जितसँगै उसले समूह ‘ए’बाट क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको छ। 





  • प्रकाशित मिति : असोज २८, २०७९ शुक्रबार १३:४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया