मधेस प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरू आउट

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरुलाई पदमुक्त गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपालबाट केन्द्र सरकारमा सहभागी मन्त्रीहरुलाई बर्खास्त गरेपछि मुख्यमन्त्री राउतले पनि प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरुलाई पदबाट हटाएका हुन् ।

सत्ता गठबन्धनलाई छोडेर एमालेसँग तालमेल गरेकोले जसपाका चार मन्त्रीलाई प्रधानमन्त्री देउवाले केन्द्र सरकारबाट हटाउँदा मुख्यमन्त्री राउतले पनि प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका ३ मन्त्रीलाई हटाएका छन् ।

मुख्यमन्त्री राउतले नेपाली कांग्रेसबाट प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री विरेन्द्र प्रसाद सिंहलाई जसपा नेतृत्वको मधेस प्रदेश सरकारबाट हटाएका छन् ।

कांग्रेसको तर्फबाट रामसरोज यादवको नेतृत्वमा, ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह २०७८ जेठ २६ गते मन्त्री बनेका थिए । उनीहरुलाई मुख्यमन्त्री राउतले फोन गरी राजीनामा दिन भनेपनि उनिहरूले राजीनामा नदिएपछि पदमुक्त गरिएको छ । 

बिहीबार साँझ नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका ६ मन्त्री र २ राज्यमन्त्रीलाई बर्खास्त गर्ने तयारी गरे पनि त्यसमा जसपाले पुर्नविचार गरी कांग्रेसका मन्त्रीलाई मात्र हटाउने निष्कर्षमा पुगेका थिए । 



केन्द्र सरकारमा जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका राजेन्द्र श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकासमन्त्री बनेका मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार  बर्खास्त गरेका थिए । 



  • प्रकाशित मिति : असोज २८, २०७९ शुक्रबार १५:१३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया