युवा मिडफिल्डर आशिष राई भारतीय क्लबमा अनुबन्ध

नेपाली यु-२० टोलीका युवा मिडफिल्डर आशिष राईले केरला प्रिमियर लिगको क्लब डनबस्को एफएसँग सम्झौता गरेका छन् । यु-२० टिमका नियमित सदस्य तथा राष्ट्रिय टिममा समेत स्थान बनाइसकेका आशिषले च्यासल युथ क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका थिए । 

गत महिना बहराइनमा भएको एएफसी यु-२० एसियन कप छनोटको टिममा उनी नियमित सदस्य थिए । अक्टोबरमा भएको यु-२० साफ च्याम्पियनसिपमा पनि उनी नेपाली टिमका महत्त्वपूर्ण सदस्य थिए ।

गत वर्ष नेपाली यु-२३ टिमका डिफेन्डर अभिषेक लिम्बूले पनि सोही क्लबबाट खेलेका थिए । यस्तै महिला खेलाडी दीपा न्यापानेले पनि सोही टिमको महिला क्लबबाट खेलेकी थिइन् । 





  • प्रकाशित मिति : असोज २८, २०७९ शुक्रबार १६:३६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया