भीम रावलले पार्टी र नेतृत्वको धज्जी उडाएः लेखराज भट्ट

नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले भीमबहादुर रावलले पार्टीको धज्जी उडाएको आरोप लगाएका छन् । शुक्रबार कैलाली क्षेत्र नम्बर ४ स्थित एक चुनावी कार्यक्रमको सम्बोधनमा उनले यस्तो आरोप लगाएका हुन् ।

उनले भने, ‘हाम्रो भीम रावल कमरेडले पत्रकार सम्मेलन गरेर पुरै पार्टीको धज्जी उडाउनुभयो । नेतृत्वको धज्जी उडाउनुभयो । र, म कुनै नेतालाई जिताउन चुनाव प्रचारमा जान्छु । मन नपरेकालाई हराउने हो भन्ने आशय व्यक्त गर्नुभयो । पार्टी भित्रै यो खालका प्रवृत्तिहरु हुँदाखेरी नेतृत्वले काम गर्न सकेन ।’

पार्टीभित्र अन्तर्घात नभए नेतृत्वले सक्रिय रुपमा काम गर्न सक्ने उनको दाबी छ । एमाले नेता भीम रावलले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेका थिए ।

यस्तै भट्टले सत्ता गठबन्धनले देशलाई टाट पल्टाउन थालेको समेत आरोप लगाए  । उनले नेकपा हुँदाको ३ बर्षे कार्यकालमा भएका विकास निर्माणका काम र गठबन्धन सरकार बनेपछि भएका विकास निर्माणका कामको तुलना समेत गर्न नसकिने बताए । उनले सरकार अहिले जनताको हितमा भन्दा पनि भ्रष्टाचार र कालोवजारी बढाएर श्रीलङ्का बनाउन खोजिरहेको आरोप लगाए ।

आफू सरकारमा बसेका बेला सुदूरपश्चिममा विभिन्न ठुला योजना सुरु गरेको बताउदै उनले सुरु भएका योजना सम्पन्न भएमा सुदूरपश्चिमको मात्रै नभएर दशै अर्थतन्त्रमा टेवा पुग्ने बताए । उनले गठबन्धन सरकारले सुदूरपश्चिममा योजना हाल्नुको सट्टा हालेका योजनाको बजेट समेत काटेको आरोप लगाए ।





  • प्रकाशित मिति : असोज २८, २०७९ शुक्रबार १९:३८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया