टर्कीमा खानी विस्फोट हुँदा २२ जनाको मृत्यु

टर्कीमा खानी विस्फोटमा २२ जनाको मृत्यु भएको छ । टर्कीको ब्ल्याक सी तटमा मिथेन विस्फोटले चिरिएको सयौँ मिटर कडा चट्टान मुनिबाट २२ शव निकालिएको  उद्धारकर्ताहरूले शनिबार जानकारी दिएका छन् ।

विस्फोटका अन्य ८ घाइतेको अस्पतालमा उपचार गरिएको छ । उक्त विस्फोटलाई स्वास्थ्य मन्त्री फहरेटिन कोकाले अहिलेसम्मकै सबैभन्दा घातक औद्योगिक दुर्घटना बताएका छन् ।

‘हामी वास्तवमै खेदजनक अवस्थाको सामना गरिरहेका छौँ’ आन्तरिक मन्त्री सुलेमान सोयलुले भने । विस्फोटबारे अनुसन्धान भइरहेको छ । 





  • प्रकाशित मिति : असोज २९, २०७९ शनिबार ८:५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया