डडेलधुरामा कर्ण मल्लले नेकपा एससँग सम्झौता गर्ने, एमालेले तोड्यो तालमेल

नेपाली कांग्रेस बीपीका डडेलधुराबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार कर्ण मल्लले नेकपा एकीकृत समाजवादीसँग छुट्टै सम्झौता गर्ने तयारी गरेपछि नेकपा एमालेले कांग्रेस बीपीसँग यसअघि भएको चुनावी तालमेल भंग गर्ने भएको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै एमाले डडेलधुराले एक्लै चुनावमा होमिने निर्णय गरेको जनाएको हो ।

नेकपा एसका स्वतन्त्र उम्मेदवार डा. तारा जोशीलाई कर्ण मल्लले प्रदेश सभामा सहयोग गर्ने भएपछि नेकपा एमालेले यो निर्णय लिएको हो ।

यसअघि नेकपा एमालेसँग कांग्रेस बीपीले प्रतिनिधि सभा र एमालेले दुवै प्रदेशसभामा उम्मेदवारलाई सहयोग गर्ने सम्झौता गरेको थियो । 

यो क्षेत्रबाट कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी मैदानमा छन् ।





  • प्रकाशित मिति : असोज २९, २०७९ शनिबार ८:२२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया