नवौं राष्ट्रिय खेलकुद: आर्मी शीर्ष  स्थानमा, पछ्याउँदै बागमती

पोखरा रंगशालामा शुक्रबार उद्घाटन गरिएको नवौं राष्ट्रिय खेलकुदमा अहिलेसम्म १३ स्वर्णको टुंगो लागिसकेको छ।  हालसम्म फेन्सिङकाे १२ तथा पुरूष क्रिकेटकाे १ स्वर्णको छिनोफानो भएको  हो ।

अहिलेसम्मको नतिजा हेर्दा विभागीय टोली नेपाल आर्मी शीर्ष स्थानमा रहँदा उसलाई बागमती प्रदेशले पछ्याई रहेको । शीर्ष स्थानको आर्मीले ५ स्वर्णसहित शीर्ष ६ रजत र ७ कास्य गरी कुल १८ पदक हात पारेको छ ।

 उसलाई पछ्याइ रहेको बागमतीले ४ स्वर्ण,३ रजत र १ कास्य गरी कुल ८ पदक जित्दा तेस्रो स्थानमा रहेको सशस्त्र प्रहरी बल (एपिएफ) ले उसले २ स्वर्ण, ४ रजत र ७ कास्य गरी कुल १३ पदक हात पारेको छ ।

सुदूरपश्चिम १ स्वर्ण  र ३ कास्य गरी ४ पदक जितेर चौथो स्थानमा छ। पाँचौँ स्थानको नेपाल पुलिसले १ स्वर्ण जितेको छ। छैटौँ स्थानको गण्डकी प्रदेशले ४ कास्य जित्दा ३ कास्य हात पारेको प्रदेश १  सातौँ स्थानमा छ ।

अन्य टाेलीले हालसम्म पदककाे खाता खाेल्न सकेका छैनन् । प्रतियोगितामा तीन विभागीय टोली, ७ प्रदेश र एनआरए गरि कुल ११ टाेलीकाे सहभागिता छ ।

३ कार्तिकसम्म चल्ने प्रतियाेगितामा ३६ खेलका गरी कुल ४०४ स्वर्ण पदकका लागि ६,१५७ खेलाडी प्रतिस्पर्धामा छन्  । 





  • प्रकाशित मिति : असोज २९, २०७९ शनिबार ८:४९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया