नवौं राष्ट्रिय खेलकुद: एपिएफ सेमिफाइनलमा

विभागीय टाेली नेपाल एपिएफ क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेकाे सेमिफाइनल प्रवेश गरेकाे छ । उसले आज सम्पन्न समूह`ए´ अन्तर्गतकाे खेलमा मधेस प्रदेशलाई २७ रनले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेकाे हाे ।

१०२ रनको विजयी लक्ष्य पछ्याएको मधेस प्रदेशले २० ओभर नै ब्याटिङ  गरे पनि ७ विकेट गुमाउँदै ७४ रन मात्र  बनाउन सक्याे । उसका लागि सरस्वतीकुमारी चौधरी र कप्तान कविता गाैतमले सर्वाधिक १३/१३ रनकाे याेगदान दिए ।

अनुराधा चौधरीले ११ रन जोड्द अन्य ब्याटरले दाेहाेराे अंकमा रन बनाउन सकेनन् । एपिएफका लागि  नेरी थापाले ३,सुमन विष्ट, इन्दु बर्मा,सुस्मा श्रेष्ठ र सरिता मगरले १/१ विकेट हात पारे ।

त्यसअघि पाेखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ राेजेकाे एपिएफले  निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०१ रन बनाएकाे थियाे ।
 
उसका लागि ममता चाैधरीले अविजत रहँदै सर्वाधिक १७ रनकाे याेगदान दिइन् । राजमती ऐरीले १६, ज्याति पाण्डेले १५ तथा नेरी थापाले १२ रन जाेडे । मधेसका लागि सरस्वतीकुमारी चाैधरीले ३ तथा कविता गाैतम र शान्ती चाैधरीले २/२ विकेट हात पारे ।

याेसँगै लगातार तेस्रो  जित हात पारेकाे एपिएफ ३ खेलमा ६ अंकका साथ शीर्ष  स्थानमा रहँदा पहिलाे पराजय बेहाेरेकाे मधेस समान खेलबाट ४ अंकका साथ दोस्रोमा छ ।





  • प्रकाशित मिति : असोज २९, २०७९ शनिबार १३:२५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया