नवौं राष्ट्रिय खेलकुद: आर्मीकी सरस्वतीलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको १०० मिटर महिला दौडमा विभागीय टोली त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छन् । पोखरा रंगशालामा शनिबार भएको खेलमा सरस्वतीले १२.१३ सेकेन्डको समय निकाल्दै स्वर्ण जितिन् ।

सरस्वतीले लुम्बिनी प्रदेशकी निशा चौधरीले आज बिहान हिट चरणमा बनाएको कीर्तिमान भंग गरेकी हुन् । निशाले १२.१५ सेकेन्डको समय निकालेकी थिइन् ।

याे स्पर्धामा निशाले १२.२२ सेकेन्डको समय निकाल्दै रजत हात पार्दा विभागीय टाेली त्रिभुवन आर्मी क्लबकी रमिता थारुले १२.९२ सेकेन्डको समय निकाल्दै कास्य पदक जितिन् ।

त्यस्तै, पुरूष १०० मिटर दाैडमा विभागीय टाेली नेपाल एपिएफ क्लबका दौडमा एपीएफ क्लबका शिवराज पार्कीले स्वर्ण पदक जितेका छन् ।

 उनले १०.५६ सेकेन्डमा निर्धारित दुरी पार गरे । अर्काे विभागीय टाेली त्रिभुवन आर्मी क्लबका युवराज विकले १०.५८ सेकेन्डको समय निकाल्दै रजत तथा आर्मीकै डिल्ली भण्डारीले १०.७० सेकेन्डसहित कास्य पदक हात पारे । 





  • प्रकाशित मिति : असोज २९, २०७९ शनिबार १४:१७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया