नवौं राष्ट्रिय खेलकुद : कर्णालीविरुद्व एपिएफको फराकिलो जित


नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबलमा विभागीय टोली एपिएफ क्लबले फराकिलो जित निकालेको छ।

शनिबार भएको खेलमा एपिएफले कर्णाली प्रदेशविरुद्व १६–०को फराकिलो जित निकालेको हो ।

स्याङ्जाको वालिङस्थित खेल मैदानमा खेलको ५औं मिनेटमा सावित्रा भण्डारीले टोलीलाई अग्रता दिलाएकी थिइन्। ९औं मिनेटमा अनिता केसीले टोलीका लागि दोस्रो गोल गरिन् ।

खेलको १३औं र १८औं मिनेटमा सावित्राले  गोल गर्दै ह्याट्रिक पूरा गर्दा टोली ४–० ले अघि बढ्यो ।

१९ औं मिनेटमा सरु लिम्बुले पाँचौँ तथा २१ औं मिनेटमा प्रीति राईले छैँटौँ गोल गरिन् । २७ औं मिनेटमा अनिता तथा ३६ औं मिनेटमा सरुले व्यक्तिगत दोस्रो  गोल गर्दा एपिएफले  ८–० को अग्रता  लियो ।

४५ औं मिनेटमा सावित्राले व्यक्तिगत चौथो गोलसँगै टोलीलाई ९–० को अग्रता दिलाइन ।



सविता रानाले पहिलो हाफको थप गरिएको समयमा एपिएफका लागि १०औं गोल गरिन् ।

४८औं मिनेटमा सरु लिम्बुले ह्याट्रिक पूरा गर्दै टोलीलाई ११–०ले अघि बढाइन् । ५२औं मिनेटमा सावित्राले व्यक्तिगत पाँचौं तथा टोलीका लागि १२ औं गोल गरिन् ।



६१औं मिनेटमा मनमाया लिम्बु तथा ७१औं मिनेटमा गिता रानाले गोल गरेपछि एपिएफले १४–०को अग्रता  लियो ।

८३औं र ८६औं मिनेटमा रविना गोलेले लगातार दुई गोल गर्दै टोलीलाई १६० को फराकिलो जित दिलाइन् ।
 

  • प्रकाशित मिति : असोज २९, २०७९ शनिबार १७:४५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया