नवौं राष्ट्रिय खेलकुद : साइक्लिङमा आर्मीलाई दुई स्वर्ण

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत साइक्लिङमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले २ स्वर्ण हात पारेको छ ।

उसले डाउन हिलतर्फको पुरूष तथा महिला दुवैमा स्वर्ण जितेको हो ।

पुरुषतर्फ राजेश मगरले १४ सय मिटरको दुरी १ मिनेट ४९‍.१० सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् ।

बागमती प्रदेशका निरभ श्रेष्ठले १ मिनेट ५२.१० सेकेण्डमा दूरी पूरा गर्दै रजत तथा नेपाल एपिएफ क्लबका प्रचित थापा मगरले १ मिनेट ५५.६९ सेकेण्डमा उक्त दूरी पूरा गरी कास्य जिते ।

महिलातर्फ त्रिभुवन आर्मी क्लबकी निस्मा श्रेष्ठले २ मिनेट २३.५८ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जितिन् । 

आर्मीकै उषा खनालले २ मिनेट ३७.४५ सेकेण्डमा दूरी पूरा गर्दै रजत तथा २ मिनेट ४०.०९ सेकेण्डमा दूरी पूरा गर्दै गण्डकी प्रदेशकी जमुना थापाले कास्य पदक हात पारे ।





  • प्रकाशित मिति : असोज २९, २०७९ शनिबार १८:२०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया