नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडीको महिला २०० मिटर व्यक्तिगत मिड्लेमा विभागीय टोली त्रिभुवन आर्मी क्लबकी डुवाना लामाले स्वर्ण पदक हात पारेकाी छन् ।
उनले आफ्नै नामको राष्ट्रिय कीर्तिमान सुधार गरेर स्वर्ण हात पारेकी हुन् । फाइनलमा उनले निर्धारित दूरी २ मिनेट ३०.६७ सेकेण्डमा पूरा गरिन् । यसअघि बिहान भएको हिटमा २ मिनेट ३१.४६ सेकेण्डको समय निकाल्दै उनले राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् ।
यो स्पर्धामा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबकी रोयल प्रजापतिले २ मिनेट ४१.८० सेकेण्डमा दूरी पूरा गरेर रजत तथा बागमतीकी रोषा न्यौपानले २ मिनेट ४९.२६ सेकेण्डको समयसहित कास्य पदक प्राप्त गरे ।
त्यस्तै, त्रिभुवन आर्मी क्लबका त्रिभुवन आर्मी क्लबका नासिर हुसेनले पनि पुरुष १५ समय मिटर फ्रि स्टाइलमा आफ्नै नामको कीर्तिमान सुधार गर्दै स्वर्ण पदक हात पारे । उनले निर्धारित दूरी १६ मिनेट ५०.२१ सेकेन्डमा पूरा गरेका थिए ।
त्यसअघि उनले १३ औं दक्षिण एसियाल खेलकुदमा १७ मिनेट ४९.९५ सेकेण्डको समय निकाल्दै राष्ट्रय कीर्तिमान कायम गरेका थिए । यो स्पर्धामा एनआरएनका आशिष सापकोटाले
१६ मिनेट ५७.९५ सेकेन्डको समयसहित रजत र नेपाल पुलिस क्लबका सनिल थापा मगरले १८ मिनेट १४.१७ सेकेन्डको समयसहित काश्य पदक जिते ।
त्यसैगरी पुरुष ५० मिटर बटरफ्लाइमा एपिएफ क्लबका तेन्जिङ्ग नामदोल रायन गुरुङ्गले स्वर्ण जिते । उनले २७.५६ सेकेण्डको समय निकालेका थिए ।
एपिएफकै अजलकाजी ताम्रकारले २७.६७ सेकेन्डको सयम निकाल्दै रजत तथा त्रिभुवन आर्मी क्लबका अनुभव सुब्बाले २७.६९ सेकेन्डसहित काश्य पदक हात पारे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।