महिला १० हजार मिटर दौडमा सन्तोषीलाई स्वर्ण

वागमती प्रदेशकी सन्तोषी श्रेष्ठले जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको महिला १० हजार मिटर दौड ३६ मिनेट १९.३६ सेकेण्डमा पूरा गरी स्वर्ण पदक जितेकी छन् ।

पोखरा रंगशालामा शनिवार भएको खेलमा विभागीय टोली पुलिस क्लबकी राजपुरी पछाईलाई पछि पार्दै सन्तोषीले स्वर्ण जितेकी हुन् ।

राजपुरीले निर्धारित दूरी ३६ मिनेट २२.४५ सेकेण्डमा पूरा गररेकी थिइन् । सन्तोषी १३ औं दक्षिण एशियाली खेलकुद (साग) को स्वर्ण पदक विजेता खेलाडी हुन् । एपिएफकी पुष्पा भण्डारीले ३७ मिनेट ४.०९ सेकेण्डमा निर्धारित दूरी पूरा गरी तेस्रो स्थानमा रहिन् ।

यस्तै एथलेटिक्स १५ सय मिटर दौडमा पुरुषतर्फ त्रिभूवन आर्मीका मुकेश पालले स्वर्ण पदक जितेका छन् ।

उनले एपीएफका अजित यादवलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । मुकेशले ३ मिनेट ५२.२१ सेकेण्डमार अजितले ३ मिनेट ५३.११ सेकेण्डमा दूरी पार गरेका थिए । तेस्रो भएका पुलिसका नागेश्वर यादवले ३ मिनेट ५६.४ सेकेण्डमा पार गरे ।

महिलातर्फ एपीएफका फूलमती रानाले स्वर्ण पदक जितेकी छन् । उनले त्रिभूवन आर्मीकी सरस्वती भट्टराईलाई पछि पार्दै स्वर्ण जितेकी हुन् । फूलमतीले ४ मिनेट ३८.१९ सेकेण्डमा, सरस्वतीले ४ मिनेट ४१ सेकेण्डमा दूरी पूरा गरिन् । तेस्रो भएकी आर्मीकी रेखा लिम्बूले ५ मिनेट ३ सेकेण्डमा दूरी पार गरिन् ।



नवांै राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको १०० मिटर महिला दौडमा लुम्बिनीकी चौधरीले राष्ट्रिय किर्तिमान बनाइन् । हिट चरणमा उनले किर्तिमान बनाएकी हुन् ।

यसअघि देवीमाया पनेरुको नाममा १२.१९ सेकेण्डको रहेको राष्ट्रिय किर्तिमान चौधरीले १२.१५ सेकेण्डमा पूरा गदै नयाँ कीर्तिमान बनाएकी हुन् ।



 

 

  • प्रकाशित मिति : असोज २९, २०७९ शनिबार १८:४६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया