आठौँ संस्करणको टी-२० विश्वकप आजबाट अस्ट्रेलियामा सुरु हुँदै । प्रतियोगिताको पहिलो दिन २ खेल हुनेछन् ।
पहिलो चरणको समूह ‘ए’अन्तर्गत हुने उद्घाटन खेलमा श्रीलंकाले नामिबियाकाे सामना गर्नेछ । याे खेल भिक्टाेरियास्थित साइमन्ड स्टेडियममा विहान पाैने १० बजे सुरु हुनेछ ।
त्यस्तै, दिउँसाे १ बजे सुरु हुने दोस्रो खेलमा नेदरल्याण्ड्सले युएईकाे सामना गर्नेछ । विश्वकपमा १६ टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगिता अस्ट्रेलियाका विभिन्न ७ स्थानमा हुनेछ । पहिलो चरण का२ समूहबाट शीर्ष २ टाेली सुपर १२ मा पुग्नेछन् ।
पहिलो चरणको समूह `ए मा नामिबिया, श्रीलंका, नेदरल्याण्ड्स र युएई तथा समूह ‘बी’ मा आयरल्याण्ड, जिम्बाब्वे, वेस्ट इण्डिज र स्कटल्याण्ड छन् । पहिलो चरणको खेलपछि मात्रै सुपर १२ को खेलहरु हुनेछन् ।
सुपर १२ को समूह १ मा इंग्ल्याण्ड न्युजिल्याण्ड, अस्ट्रेलिया अफगानिस्तानसँगै पहिलो चरणबाट समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता हुनेछन् ।
त्यस्तै, सुपर १२ को समूह २ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणबाट समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेता रहनेछन् ।
सुपर १२बाट प्रत्यक टाेलीका शीर्ष टोली २ सेमिफाइनलमा पुग्नेछन् । दक्षिण अफ्रिका र न्युजिल्यान्डको सोच पहिलो पटक विश्वकप जित्ने हुनेछ । भारत २००७ पछि विश्वकप जित्ने लक्ष्यमा छ । घरेलु टोली अस्ट्रेलिया उपाधि रक्षा गर्न चाहन्छ ।
यी टाेलीसँगै पाकिस्तान र इंग्ल्याण्डलाई पनि उपाधि दाबेदारका रूपमा हेरिएकाे छ । टि-२० विश्वकपमा हालसम्म ७ संस्करण सकिँदा ६ टोली विजेता बनेका छन् । हालसम्म वेस्ट इण्डिज २ पटक विश्वकप जित्ने एक्लाे टोली हो ।
लगातार दोस्रो वर्ष टि-२० विश्वकप आयोजना हुन लागेको यो सन् २००९ र २०१० पछि पहिलो पटक हाे ।
२००७ मा भारत, २००९ मा पाकिस्तान, २०१० मा इंग्ल्याण्ड, २०१२ मा वेस्ट इण्डिज २०१४ मा श्रीलंका, २०१६ मा वेस्ट इन्डिज र २०२१ मा अस्ट्रेलिया टि -२० विश्वकप विजेता बनेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।