नवौं राष्ट्रिय खेलकुद: आर्मीका दीपकलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

 नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष १० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् । 

उनले आइतबार बिहान सम्पन्न दाैडमा दीपकले निर्धारित दुरी ३० मिनेट १०.३० सेकेण्डमा पूरा गर्दै स्वर्ण जिते । दीपकले सन् २०१४ काे एसियन गेम्समा गाेपीचन्द्र पार्कीले बनाएकाे ३० मिनेट ३०.९९ सेकेण्डकाे कीर्तिमान भङ्ग गरेका हुन् ।

गाेपीले ३० मिनेट ३८.३२ सेकेण्डकाे समय निकाल्दै रजत पदक हात पारे । आर्मीका गजेन्द्र राईले ३० मिनेट ४९.५० सेकेण्डकाे समयसहित कास्य पदक जिते ।  





  • प्रकाशित मिति : असोज ३०, २०७९ आइतबार ९:४६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया