नवौं राष्ट्रिय खेलकुदः पौडीमा एनआरएनकी एस्लीलाई चौथो स्वर्ण

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडीमा गैरआवसिय नेपाली संघ(एनआरएनए)की एस्ली सापकोटा डंगोलले चौंथो स्वर्ण पदक जितेकी छन् ।

पोखरास्थित फिस्टेल एकेडेमीमा आइतबार एस्लीले ८०० मिटर फ्री स्टाइलमा स्वर्ण हात हात पारेकी हुन् ।  

सर्ट कोर्समा भएको स्पर्धामा एस्लीले १० मिनेट ३०.६४ सेकेन्डको समय निकाल्दै चौंथो स्वर्ण जितिन् । यसअघि उनले शनिबार ५० मिटर बटरफ्लाई,१०० मिटर फ्री स्टाइल र २०० मिटर ब्याक स्ट्रोकमा स्वर्ण जितेकी थिइन् ।

प्रतिस्पर्धामा नेपाल पुलिस क्लबकी आर्या महर्जनले १० मिनेट ४१.६२ सेकेन्डको समय निकाल्दै रजत तथा पुलिसकै समिरा सोभ थापा मगरले १० मिनेट ५७.६४ सेकेन्डको समय निकाल्दै काश्य पदक जिते । 





  • प्रकाशित मिति : असोज ३०, २०७९ आइतबार ११:३९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया