खेलका क्रममा प्याराग्लाइडिङ खेलाडीको मृत्यु
फाइल तस्बिर

पोखरामा एक प्याराग्लाइडिङ खेलाडीको आकाशबाट खसेर मृत्यु भएको छ । नवौं राष्ट्रिय खेलकुदमा सहभागी त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापाको प्याराग्लाइडिङ खेलका क्रममा मृत्यु भएको छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट सारङकोटस्थित जमिनमा खस्दा उनको मृत्यु भएको बताइएको छ । 

उनि सारङकोटबाट उडे लगत्तै झण्डै एक सय मिटरमाथिबाट खसेका थिए । 

ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङबाट उडान गरिरहेका थापा एक्कासी जमिनमा खस्न पुगेका थिए । उनलाई तत्काल उद्दार गरेर अस्पताल लागिएको थियो ।

थापाको निधनसँगै प्याराग्लाइडिङका खेलहरु स्थगित गरिएको छ ।





  • प्रकाशित मिति : असोज ३०, २०७९ आइतबार १३:५१:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया