नवौं राष्ट्रिय खेलकुद : बागमती सेमिफाइनलमा

नवौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ ।

उसले समूह एअन्तर्गतको अन्तिम खेलमा मधेस प्रदेशलाई ८ विकेटले पराजित गर्दै उप विजेताका रूपमा सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

५५ रनको लक्ष्य बागमतीले १३.२ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो । उसका लागि सुमन खतिवडाले अविजित रहँदै सर्वाधिक १७ रनको योगदान दिइन् ।

अनिशा मझकोटीले अविजित १६ र अस्मिता खरेलले १३ रनको योगदान दिए । मधेश प्रदेशका लागि सरस्वतीकुमारी चौधरी र कप्तान कविता गौतमले १–१ विकेट लिए ।

त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मधेसले १८.२ ओभरमा सबै विकेट गुमाउँदै ५४ रन बनाएको थियो ।

उसका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । मधेसलाई सस्तैमा समेट्न विपिशा शाही,सोनी पाख्रिन र खुसी डंगोलले २र२ विकेट लिँदा ४ विकेट रन आउटका रूपमा प्राप्त भयो ।



यो जितसँगै ४ खेलमा ६ अंक जोडेर बागमती दोस्रो स्थानमा रहँदा पराजित मधेस समान खेलबाट ४ अंकका साथ तेस्रो स्थानमा रह्यो ।

योसँगै प्रतियोगिताको सेमिफाइनल  समिकरण पनि पूरा भएको छ ।



समूह एबाट एपिएफले समूह विजेता र  बागमतीले उपविजेता तथा समूह बी बाट नेपाल पुलिसले विजेता र लुम्बिनी प्रदेशले उपविजेताका रूपमा अन्तिम ४ मा स्थान बनाए ।

अब फानइनल प्रवेशका लागि एपिएफले लुम्बिनी तथा पुलिसले बागमतीको सामना गर्नेछन् ।

  • प्रकाशित मिति : असोज ३०, २०७९ आइतबार १६:४८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया