नवाैं राष्ट्रिय खेलकुद: साइक्लिङमा लक्ष्मी र सुरजलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत साइक्लिङको क्रस कन्ट्रीमा लक्ष्मी मगर र सुरज राना मगरले स्वर्ण पदक जितेका छन् ।

रानीवनको ट्रयाकमा आइतबार महिलातर्फ बागमती प्रदेशकी लक्ष्मीले निर्धारित दुरी १ घण्टा ०९.४८ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारेकी हुन् ।

त्रिभुवन आर्मी क्लबकी उषा खनालले १ घण्टा १२.३९ सेकेन्डको समय निकाल्दै रजत तथा एपिएफकी हुमी बुढा मगरले १ घण्टा २०.०४ सेकेन्डको समय निकाल्दै कास्य हात पारे ।

पुरुषतर्फ एपिएफ क्लबका सुरजले निर्धारित दूरी १ घण्टा ०९.३९ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् ।

आर्मीका हिमाल टमटाले १ घण्टा ११.४३ सेकेन्डको समय निकाल्दै रजत तथा एपिएफकै लक्ष्मण मल्लले १ घण्टा १३.२५ सेकेन्डको समय निकाल्दै कास्यपदक जिते ।





  • प्रकाशित मिति : असोज ३०, २०७९ आइतबार १७:१६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया