पुरुष भलिबलमा एपिएफको अपराजित यात्रा कायमै

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलमा विभागीय टोली एपिएफ क्लबले अपराजित यात्रालाई आइतबार पनि निरन्तरता दिँदै समूह विजेताको रुपमा क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशमाथि ३–० को सोझो सेटमा जित निकाल्दै अन्तिम आठमा प्रवेश गरेको हो । पहिलो सेट २५–१३ ले आफ्नो पक्षमा पारेको एपीएफले दोस्रो सेट २५–१८ ले जितेको थियो । तेस्रो सेट २५–१० ले जित हात पारेर एपीएफले अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको हो ।

यस समूहबाट क्वाटरफाईनल पुग्ने अर्को टोलीको टुंगोे भने सोमबार हुने सुदूरपश्चिम प्रदेश र एनआरएनएबीचको खेलपछि लाग्नेछ । 
लिग कम नकआउटको आधारमा भइरहेको प्रतियोगितामा एपिएफले शतप्रतिशत जितसँगै ६ अंक जोडेको छ । 

प्रतियोगितामा समूहका शीर्ष दुई टिम क्वार्टरफाइनल पुग्नेछन् । पुरुष भलिबलको फाइनल कात्तिक ३ मा हुनेछ ।





  • प्रकाशित मिति : असोज ३०, २०७९ आइतबार १७:५३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया