एल क्लासिकोमा रियलको सहज जित

स्पेनिस ला लिगाअन्तर्गत एल क्लासिको भिडन्तमा रियल मड्रिड विजयी भएको छ । ऊ गएराति भएको खेलमा र बार्सिलोनाविरुद्ध ३-१ ले विजयी भएको हो ।

घरेलु मैदान सान्टियागाे बर्नाबेउमा खेलको १२ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा फेडेरिको भाल्भर्डेले घरेलु टाेलीकाे अग्रता दाेब्बर बनाए ।

 ८३ औं मिनेटमा बार्सिलाेनाका फेरान टोरेसले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए । थप गरिएकाे समयमा रोड्रिगोले पेनाल्टीमा गोल गर्दै रियललाई ३-१ काे सहज जित दिलाए ।

जितसँगै ९ खेलमा २५ अंकका साथ रियल शीर्ष स्थानमा रहँदा पराजित बार्सिलाेना समान खेलबाट २३ अंकका साथ दोस्रोमा छ ।

लिगअन्तर्गतकै अन्य खेलमा रियल साेसिडाड,स्पान्याेल र रियल बेटिसले पनि जित हात पारेका छन् । 





  • प्रकाशित मिति : असोज ३१, २०७९ साेमबार ७:१२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया