जर्मन बुन्डेस लिगाअन्तर्गत गएरातिकाे खेलमा बायर्न म्युनिखले जित हात पारेकाे छ । उसले घरेलु मैदान एलियन्ज एरिनामा फ्रेइबर्गविरुद्व ५-० काे सहज जित हात पारेकाे हाे ।
खेलकाे १३औं मिनेटमा सर्ज गिनाब्रीले बयर्नलाई अग्रता दिलाएकाे थिए । ३३ औं मिनेटमा एरिक म्याक्सिम चाेपाे माेन्टिङले टाेलीकाे अग्रता दाेब्वर बनाए ।
५२ औं मिनेटमा लिराेय साने तथा ५५ औं मिनेटमा सादियाे मानेले गाेल गरेपछि बायर्न ४-० ले अघि बढ्याे ।
८० औं मिनेटमा मार्सेल साबिट्जरले गाेल गर्दै घरेलु टाेलीलाई ५-०काे सहज जित दिलाए । याे जितसँगै १० खेलमा १९ अंक जाेडेकाे बायर्न दोस्रो स्थानमा उक्लिँदा पराजित फ्रेइबर्ग समान खेलबाट १८ अंकका साथ तेस्रोमा छ ।
लिगअन्तर्गतकै अन्य खेलमा फ्रान्कफुर्ट,स्टुटगार्ट,माइन्ज,काेल्न, आरबी लाइप्जिङ र युनियन बर्लिनले जित हात पार्दा बाेरूसिया माेन्चेनगाल्डबाख बराबरीमा राेकिएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।