भारतीय कांग्रेस अध्यक्ष पदका लागि आज निर्वाचन हुँदै

भारतीय कांग्रेस अध्यक्ष पदका लागि आज बिहान १० बजेबाट निर्वाचन हुँदैछ ।  भारतीय कांग्रेसको इतिहासमा पहिलोपटक अध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो । 

कांग्रेस अध्यक्ष पदका लागि देशभर ४० वटा मतदान केन्द्र निर्धारण गरिएको छ । झन्डै ९ हजार ८ सय मतदाताले मतदान गर्दैछन् । 

 कांग्रेसको अध्यक्ष पदका लागि दुई जनाले उम्मेदवारी दिएका छन् । शशि थरूर र मल्लिकार्जुन खड्गे आगामी अध्यक्षका प्रत्यासी रहेका छन् । आज सम्पन्न हुने मतदानको नतिजा भने पर्सि राजधानी दिल्लीको अकबर रोड स्थित पार्टी मुख्यालय घोषणा गरिने बताइएको छ । मतदान प्रक्रिया भने आज साँझ ४ बजेसम्म चल्ने बताइएको छ । 





  • प्रकाशित मिति : असोज ३१, २०७९ साेमबार ९:१२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया