नवौं राष्ट्रिय खेलकुदः सफ्ट टेनिसमा येकेश र समृद्धिले जिते स्वर्ण

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत सफ्ट टेनिसको पुरुष एकलमा प्रदेश १ का येकेश योन्जनले स्वर्ण पदक जितेका छन् ।

उनले पोखरा रंगशाला स्थित टेनिस कोर्टमा सोमबार भएको फाइनलमा एपिएफका प्रदिप खड्कालाई ४–१ ले हराएर स्वर्ण जितेका हुन् ।

यो स्पर्धामा बागमतीका निर्मल स्थापित र लुम्बिनीका सुरज चौधरीले कास्य पदक जितेका छन् ।

महिला एकलतर्फ एपिएफकी समृद्धि महर्जनले स्वर्ण पदक जितेकी छन् । उनले बागमती प्रदेशकी चन्द्र माया राईलाई ४–२ ले हराएर स्वर्ण जितेकी हुन् ।

यो स्पार्धामा प्रदेश १ की श्रेया योञ्जन र बागमती प्रदेशकी स्वस्तिका विष्टले कास्य जिते  । 





  • प्रकाशित मिति : असोज ३१, २०७९ साेमबार १२:९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया