नवौं राष्ट्रिय खेलकुदः स्क्वासममा गण्डकीका अमृतले जिते स्वर्ण

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत स्क्वासको पुरुष एकलमा घरेलु टोली गण्डकी प्रदेशका अमृत थापामगरले स्वर्ण पदक जितेका छन् ।

पोखरा रंगशालास्थित स्क्वास कोर्टमा सोमबार भएको फाइनलमा बागमतीका अह्रान्त सिम्हालाई ३–२ को सेटमा हराएर अमृतले स्वर्ण पदक जितेका हुन् ।

राष्ट्रिय खेलकुदमा अमृतले लगातार तेस्रो पटक स्वर्ण पदक जितेका हुन् । उनले सातौँ र आठौं राष्ट्रिय खेलकुदमा समेत स्वर्ण पदक जितेका थिए ।

यो स्पर्धामा बागमतीका अमीर ब्लोन र गण्डकीका दिपक थापाले कास्य पदक जिते ।





  • प्रकाशित मिति : असोज ३१, २०७९ साेमबार १३:१७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया