सेयर बजार सोमबार सुस्त बनेको छ । यस दिन सूचकसँगै दैनिक कारोबार रकम पनि घटेको छ ।
सोमबार नेप्से सूचक २=६१ अंकले घटेर १८५८.३३ विन्दुमा बन्द भएको छ । ५१ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
सोमबार २१९ कम्पनीको १६ लाख ३१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । सूचीकृत आधा समूहको सूचक घटेको छ भने आधाको बढेको छ । होटल समूह ०.४१ प्रतिशत बढेको छ । बैंकिङ समूहको सूचकमा सोमबार पनि सुधार भएको छ ।
दुई करोड ७९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नबिल बैंक अग्रस्थानमा रहेको छ । विगत केही दिनदेखि कारोबार रकममा नबिल बैंक शीर्ष स्थानमा रहँदै आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः प्रभु बैंक र रिडी हाइड्रोपावर परेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।