हङकङका प्रजातन्त्र समर्थक प्रदर्शनकारीलाई म्यानचेस्टरमा रहेको चिनियाँ वाणिज्य दूतावासनजिक कुटपिट गरेपछि बेलायती कार्यकर्ता र सांसदहरूले छानबिनको माग गरिरहेका छन् ।
हङकङ आदिवासी रक्षा बल नामक प्रजातन्त्र समर्थक समूहले आइतबार बेइजिङमा भएको चिनियाँ कम्युनिष्ट पार्टीको महाअधिवेशनको विरोधमा उत्तरी सहरमा रहेको वाणिज्य दूतावास बाहिर विरोध प्रदर्शन गरेको थियो ।
सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर गरिएको घटनाको भिडियोमा वाणिज्य दूतावास बाहिर फुटपाथमा टकराव भड्किएको देख्न तथा ठूलो स्वरमा चिच्याएको सुनिन्छ ।
भिडियोमा हङकङका एक प्रदर्शनकारीलाई वाणिज्य दूतावासको गेटबाट तानेर पुरुषहरूको समूहले कुटेको समेत देख्न सकिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।