नवौं राष्ट्रिय खेलकुद : भारोत्तोलनमा पुलिसकी टिकाले जितिन् स्वर्ण
फरकधार / ३१ असोज, २०७९

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनमा नेपाल पुलिस क्लबकी टीकामाया गुरुङले स्वर्ण पदक जितेकी छिन् ।



उनले महिला ५५ केजी तौल समूहमा स्वर्ण जितेकी हुन् । टीकामायाले स्न्याचमा ६० र क्लिन एण्ड जर्कमा ८० गरी कुल १४० केजी भार बहन गर्दै स्वर्ण जित्न सफल भइन् । 

यस्तै, त्रिभुवन आर्मीकी प्रभा थारुले न्याचमा ५८ र क्लीन एण्ड जर्कमा ७१ गरी कुल १२९ केजी भार उठाउँदै रजत जित्दा लुम्बिनी प्रदेशकी कृष्णकला विष्टले कास्य जितिन् ।



कृष्णकलाले स्न्याचतर्फ ५६ र क्लिन​ एण्ड जर्कमा ७२ गरी कुल १२८ केजी तौल उठाउन सकिन् । उनी प्रभाको तुलनामा १ केजीमात्र भार कम उठाउँदा कास्यमा सिमित भएकी हुन् । यो स्पर्धामा १२ जना खेलाडीले भाग लिएका थिए ।



२ कात्तिकसम्म चल्ने प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ समान १० इभेन्टमा खेल हुनेछ । जसमा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएका छन् ।

  • प्रकाशित मिति : असोज ३१, २०७९ साेमबार १७:४७:५,   अन्तिम अपडेट : असोज ३१, २०७९ साेमबार १७:५०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया