नवौं राष्ट्रिय खेलकुद : पुलिस फाइनलमा

नवौं राष्ट्रिय खेलकद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा विभागीय टोली नेपाल पुलिस क्लब फाइनलमा पुगेको छ ।

उसले सोमबार भएको दोस्रो सेमिफाइनलमा बागमती प्रदेशलाई ३६ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

१२४ रनको लक्ष्य पछ्याएको बागमतीले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८७ रन बनाउन सक्यो ।

बागमतीका लागि सुमन खतिवडाले २३, कप्तान अस्मिना कर्माचार्यले १८ र आरती बिडारीले अविजित ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पुलिसका लागि कविता कुँवरले ३, ईश्वरी बिष्टले २ तथा कप्तान रुविना क्षेत्री र संगीता राईले १र१ विकेट लिए ।

त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ४ विकेट गुमाएर १२३ रन बनाएको थियो ।



पुलिसका लागि काजल श्रेष्ठले ५१ बलमा ५ चौकासहित  ४६ रनको पारी खेलिन् । कविता कुवँर २६,रुबिना क्षेत्रीले अविजित १७ र कविता जोशीले अविजित १२ रन बनाए ।

बागमतीका लागि अस्मिना कर्माचार्य,सुमन खतिवडा र खुसी डंगोलले समान १र१ विकेट लिँदा १ विकेट रन आउटका रूपमा प्राप्त भयो । पुलिसले स्वर्ण पदकका लागि अर्को विभागिय टोली नेपा एपिएफ क्लबसँग खेल्नेछ ।



एपिएफ लुम्बिनी  प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

  • प्रकाशित मिति : असोज ३१, २०७९ साेमबार १८:१०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया