नवौं राष्ट्रिय खेलकुद : बागमतीलाई हराउँदै एपिएफ सेमिफाइनलमा
फरकधार / ३१ असोज, २०७९

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरूष फुटबलमा विभागीय टोली एपिएफ क्लब  सेमिफाइनलमा प्रवेश गरेको छ ।



एपिएफ पोखरास्थित गोस्टेघाट खेल मैदानमा सोमबार समूह बीअन्तर्गत भएको खेलमा बागमती प्रदेशलाई ३–१ ले पराजित गर्दै  सेमिफाइनल प्रवेश गरेको हो । 

पराजयसँगै बागमती भने बाहिरिएको छ । बागमतीले सुरुवाती अग्रता जोगाउन नसक्दा हार बेहोरेको हो । पहिलो हाफको थप गरिएको समयमा अभिषेक रिजालले गोल गर्दै बागमतीलाई सुरुवाती अग्रता दिलाएका थिए ।



६५ औं मिनेटमा प्रदीप लामाले  एपिएफलाई १(१ को बराबरीमा फर्काए ।  ७६ औं मिनेटमा नवीन लामाले गोल गर्दै एपिएफलाई २(१ को अग्रता दिलाए ।



थप गरिएको समयमा नवीनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–१ को जित दिलाए । ​पुरूष फुटबलकै अर्को खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ४–१ ले हराएको छ ।

समूह सीअन्तर्गत  पोखरा रंगशालामा भएको खेलमा पुलिसलाई जित दिलाउन कुलदीप कार्कीले २ तथा आशिष श्रेष्ठ र बुद्धबल तामाङले समान १–१ गोल गरे ।

लुम्बिनीका लागि फागुराम थारुले १ गोल फर्काए । जितका बाबजुद पुलिस समूह चरणबाटै बाहिरिएको छ । यो समूहबाट त्रिभुवन आर्मी क्लबले सेमिफाइनलमा स्थान बनायो ।

त्यस्तै स्याङ्जाको वालिङमा भएको महिलातर्फको खेलमा एपिएफले जित हात पारेको छ । उसले घरेलु टोली गण्डकी प्रदेशलाई ५–०ले पराजित गरेको हो ।

एपिएलाई जित दिलाउन रञ्जना दर्जी र अनिता केसीले २–२ तथा सरु लिम्बुले १ गोल गरे ।

  • प्रकाशित मिति : असोज ३१, २०७९ साेमबार १८:१५:४८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया