स्क्वासमा गण्डकीका अमृतलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत स्क्वास पुरुष व्यक्तिगत विधामा गण्डकी प्रदेशले स्वर्ण पदक जितेको छ ।

सोमबार पोखरा रंगशालास्थित स्क्वास कोर्टमा भएको प्रतिस्पर्धामा गण्डकीका अमृत थापामगरले वागमतीका अह्रान्त सिम्हालाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । 

थापाको यो ह्याट्रिक पदक हो । उनले सातौँ र आठौंमा समेत स्वर्ण पदक जितेका थिए । 

प्रतिस्पर्धात्मक खेलमा थापाले १२–१० मा लिँदै अगाडि बढे । दोस्रो सेटमा ८–११ ले गुमाए । तेस्रो सेटमा १२–१० स्कोरमा लिएर २–१ को सेटमा रहे । 

तर, चौथो सेटमा ९–११ मा पराजित भएपछि निर्णायक सेटमा थापाले ११–८ ले लिँदै स्वर्ण पदक जिते ।
 
वागमतीका अमीर ब्लोन र गण्डकीका दीपक थापाले कास्य पदक जिते । 





  • प्रकाशित मिति : असोज ३१, २०७९ साेमबार १८:२९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया