पाँचदलीय गठबन्धनका उम्मेदवारलाई जिताउन नेता निधिको आग्रह

नेपाली कांग्रेसका पूर्वउसभापति विमलेन्द्र निधिले धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा पाँचदलीय गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनिल कुमार झालाई जिताउन अनुरोध गरेका छन् । 

सोमबार जनकपुरधाम विमानस्थलमा बोल्दै नेता निधिले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए । 

उनले भने, ‘अनिल झाजीलाई जिताउनका लागि नै म यहाँ आएको हुँ, यसका लागि हामी जस्तोसुकै सहयोग गर्न तयार छौँ ।’

उनले अबदेखि आफु गृहनगरमै रहेर गठबन्धन दलका उम्मेदवारलाई जिताउन हरसम्भवरुपमा लागिपर्ने बताए । उनले यसका लागि अबदेखि आफू चुनावसम्म जनकपुरधाममै रहने बताए । 

पाँचदलीय गठबन्धनबाट धनुषा–३ मा उम्मेदवार रहेका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता अनिलकुमार झालाई जिताउनका लागि पूर्वउपसभापति निधि जनकपुरधाम आईपुगेका हुन् ।

उनले पाँचदलीय गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि चुनावी प्रचारप्रसारमा समेत लाग्न कार्यकर्तालाई आग्रह गरे ।



उनलाई स्वागत गर्नका लागि पूर्वमन्त्रीसमेत रहेका धनुषा–३ का आकांक्षी उम्मेदवार अनिलकुमार झा, प्रदेश सभा सदस्य पदका उम्मेदवारद्वय रामसरोज यादव र परमेश्वर साहलगायत काँग्रेस, लोसपासहित पाँचदलीय गठबन्धनका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।



  • प्रकाशित मिति : असोज ३१, २०७९ साेमबार १९:३६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया