सन्दीपको बयान : किशोरीसँगै कोठामा बसेको हो, बलात्कार गरेको होइन

बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । उनले सोमबार सरकारी वकिलको रोहवरमा प्रहरीसमक्ष इन्कारी बयान दिएका हुन् । 

घटना भएको भनिएको दिन जाहेरीमा उल्लेखित स्थानमा आफू पुगेको स्वीकार गरे पनि उनले बयानमा बलात्कारको अभियोग अस्वीकार गरेका हुन् ।

प्रहरी वृत्त, गौशालाले हालै लिएको बयानमा उनले पीडित भनिएकी किशोरीसँग ५ भदौमा घुम्न गएको पनि स्वीकारेका छन् ।

प्रहरीले नगरकोटमा बसेको भनिएको भ्याली भ्यू रिसोर्ट र पिंगलास्थानस्थित होटल काठमाडौं इनको क्लोज सर्किट (सिसी) क्यामराको फुटेज देखाएपछि उनले जाहेरवालाकै अनुरोधमा त्यहाँ गएको बताएका छन् ।

नगरकोटबाट फर्किएर आउँदा अबेर भएपछि जाहेरवालाले नै होटलमा बसौं भनेको र छुट्टाछुट्टै कोठा बुक गर्न खोज्दा खाली नभएपछि कोठा नम्बर ३०५ मा सँगै बस्नुपरेको बताएका छन् । 

पीडितले २१ भदौमा दिएको जाहेरीमा भने सन्दीपले त्यही राति आफूलाई पटकपटक जबरजस्ती करणी गरेको उल्लेख छ । 





  • प्रकाशित मिति : असोज ३१, २०७९ साेमबार २०:४२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया