बेन्जेमालाई पहिलो पटक बलोनल डी’ओर अवार्ड

 स्पेनिस क्लब रियल मड्रिडका  फरवार्ड करिम बेन्जेमाले विश्व प्रसिद्ध बलोन डी’ओर अवार्ड प्राप्त गरेका छन् ।  फ्रेन्च खेलाडी बेन्जेमाले पहिलाेपटक बलोन डी’ओरको अवार्ड हात पारेका हुन् । 

 बेन्जेमाको ४६ खेलमा ४४ गोलको सहयोगमा रियल मड्रिडले गत सिजन च्याम्पियन्स लिग र ला लिगाको उपाधि हात पारेको थियो । गत सिजन लिभरपुलमा रहेका सादियो माने दोस्रो र म्यानचेस्टर सिटीका केभिन डि ब्रुएना तेस्रो स्थानमा रहे । 

‘मैले निकै कठिन समय बिताए । मेरा लागि र परिवारका लागि यो मानसिक रुपमा निकै चुनौती थियो । तर मैले निरन्तर काम गरे । मैले कहिल्यै हार मानिन । जिदान र रोनाल्डो मेरा आदर्श हुन,’ बेन्जेमाले अवार्ड हात पारेपछि भने ।  

 महिलातर्फ याे अवार्ड स्पेनिस क्लब बार्सिलोनाकी एलेक्सिया पुटेलसले हात पारेकी छन्। इंग्ल्याण्डलाई युरो कप जिताउन महत्त्वपूर्ण भुमिका निभाएकी आर्सनलकी फरवार्ड बेथ मिड दोस्रो स्थानमा रहिन् ।

यासिन ट्रफी रियल मड्रिडका गाेलरक्षक थिबाउट काेर्टुवाले हात पारे । काेपा ट्रफी बार्सिलाेनाका गाभीले जिते । गर्ड मुलर ट्रफी गत सिजन जर्मन क्लब बायर्न म्युनिखमा रहेकाे राेबर्ट लेवान्डाेस्कीले हात पार्दा साेक्रोटिज प्राइज सादियाे मानेले हात पारे ।

इंग्लिस क्लब म्यानचेस्टर सिटी वर्षको उत्कृष्ट क्लब घोषित भयाे । गत वर्ष गरेको प्रर्दशनमा आधारमा बलोन डी´ओरको विजेता घोषणा गरिएकाे हाे । 





  • प्रकाशित मिति : कात्तिक १, २०७९ मंगलबार ७:३३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया