निर्वाचन आयोगले प्रधानमन्त्री कार्यालयलाई सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई स्पष्टीकरण सोधेको छ । 

निर्वाचनको मिति घोषणा भइसकेपछिसमेत दीर्घकालीन महत्व र दूरगामी प्रकृतिको निर्णय गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आचारसंहिता जारी भइसकेको अवस्थामा सरकारले दूरगामी प्रकृतिका निर्णय गरेको सूचना आएको भन्दै आयोगले स्पष्टीकरण सोधेको जनाएको छ ।

निर्वाचन आयोगले नयाँ स्टक एक्सचेञ्ज स्थापनाका लागि अनुमति दिने, नेपाल स्टक एक्सचेञ्जमा नयाँ ब्रोकरलाई अनुमति दिने, प्रदेश तहमा लघुबिमा कम्पनीहरुलाई अनुमतिपत्र दिनेलगायत निर्णय गरेको समाचार प्रकाशित भएसँगै आयोगले स्पष्टीकरण सोधेको जनाएको छ ।





  • प्रकाशित मिति : कात्तिक १, २०७९ मंगलबार १८:४१:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया